भदौ ।  दाङको तुलसीपुर स्थित दाङ टेक्निकल इन्स्टिच्यूटमा अध्ययनरत विद्यार्थीहरुले तयार पारिएको सामुदायिक स्वास्थ्य निरुपन सर्वेक्षणको प्रस्तुतीकरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को स्वास्थ्यको अवस्थाको बारे गरिएको सर्वेक्षणमा बिहीबार तुलसीपुरमा एक कार्यक्रम गरि प्रस्तुतिकरण गरिएको थियो ।

Advertisements

सिटिईभिटी तालिम केन्द्र अन्तर्गत उक्त इन्स्टिच्यूटमा सामुदायिक स्वास्थ्य कार्यक्रम अन्तर्गत सिएम १८ महिने कोर्ष अध्ययनरत विद्यार्थीहरुले पाठ्यभार पूरा गर्नकालागि सो कार्य गरेका हुन् । उनीहरुले वडा नं. ६ को समुदायको जनसंख्याको विवरण, जम्मा घरधुरी, सर्ने तथा नसर्ने रोगको विवरण, पोषण तथा खोप सम्बन्धि अध्ययनको स्थितिबारेमा सर्वेक्षण प्रतिबेदन तयार पारिएको हो ।

Advertisements

सोही प्रतिबेदनले वडामा वाल विवाहका अबस्था भयाबह भएको देखाएको छ । १२ हजार पाँचसय ४१ जनासंख्या रहेको वडा नं. ६ मा सर्वेक्षण गर्दा ४२ प्रतिशत बालविवाह देखिएको छ । एउटा वडामा मात्रै यस्तो वाल विवाह हुनु सकारात्मक नभएको प्रस्तुतकर्ता मोहन खड्काले बताए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्