काठमाडौं । चीनले ५० खर्ब डलर लगानी गरेको देखिएको छ ।

Advertisements

विश्वका विभिन्न देशमा चीनले ५० खर्ब डलर ऋण लगानी गरेको हो । यो रकम विश्वको कुल गार्हस्थ उत्पादनको ६ प्रतिशत हो ।

Advertisements

चीनले सबैभन्दा बढी भेनेजुयलामा ७७ अर्ब डलर ऋण प्रवाह गरेको छ । त्यस्तै पाकिस्तानमा ३५ अर्ब, लाओसमा १६ अर्ब, इथियोपियामा १४ अर्ब, श्रीलंकामा आठ अर्ब डलर ऋण लगानी गरेको छ । नेपालमा हालसम्म ३६ करोड अमेरिकी डलर ऋण प्रवाह गरेको छ ।

गत अठार वर्षमा चीनको ऋण लगानी दश गुना बढेर विश्वको सबैभन्दा ठूलो ऋणदाता बन्न सफल भएको छ । तर चीनसँग सीमा जोडिएको नेपालमा भने चीनको लगानी अन्य देशको तुलनामा नगन्य मात्रामा देखिएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्