काठमाडौं । केही दशकयता चीनले विकास तथा अर्थतन्त्रमा फड्को मार्दै गएको छ । चीन विश्वमा हरेक हिसाबले शक्तिशाली राष्ट्र बन्दैछ । त्यही उदयमान शक्तिशाली राष्ट्रको नेतृत्व गरिरहनु भएको छ, राष्ट्रपति सी चिनफिङले ।

Advertisements

चीनको राष्ट्रपतिमा सीको दोस्रो कार्यकाल हो । चीनको अन्य राष्ट्रपतिको तुलनामा सीको बढी चर्चा भएरहेको छ । चिनियाँ राष्ट्रपति सी यतिखेर विश्वभर चर्चाको शिखरमा हुनुहुन्छ । को हो सी, कसरी हुनुभयो चीनको राष्ट्रपति ? सबैलाई चासोको विषय बन्न थालेको छ ।

Advertisements

राष्ट्रपति सी चीनमा जनगणतन्त्र स्थापना भएपछि जन्मनुभएका नयाँ पुस्ताका नेता हुनुहुन्छ । सन् १९५३ मा राजधानी बेजिङमा जन्मनुभएका सीका पिता अध्यक्ष माओत्सेतुङका सहयात्री हुनुहुन्थ्यो । ७० वर्षअघि उहाँका बुबा सी झोङ सङ चिनियाँ कम्युनिष्ट पार्टी, सीपीसीका लडाकु हुनुहुन्थ्यो । राष्ट्रपति सीका पिता सी झोङ सङका माहिला छोरा हुनुहुन्छ ।

चीनमा जनगणतन्त्र बनाउन युद्धमा होमिनुभएका सी साँस्कृतिक क्रान्तिका बेला पिताका साथ याङचुआन काउण्टीको ग्रामीणक्षेत्रमा बस्न बाध्य हुनुभएको थियो । पार्टीमा कार्यरत सीले किसान श्रमिक सिपाहीका रुपमा विश्वविद्यालयको पढाइ पूरा गर्नुभयो । पार्टीको कार्यभार र अध्ययनसँगै निर्वाह गर्नुभएका सी सन् १९९९ मा तटीय प्रान्त फुजियानको गभर्नर हुनुभयो । सन् २००२ सम्म गभर्नर रहनुभएका सी त्यसपछि छिमेकी प्रान्त झेजियाङको पार्टी सचिव बन्नुभयो ।

सन् २००७ सम्म पार्टी सचिव रहनुभएका सी त्यसपछि सीपीसीको पोलिटब्युरो सदस्य बन्नुभयो । पार्टीको केन्द्रीय सचिवालयमा कार्यरत सी सन् २००८ मा चिनिया नेता हु जिन्ताओका उत्तराधिकारी बन्नुभयो । राष्ट्रपतिका उत्तराधिकारी हुँदा उहाँ चिनिया केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष रहनुभएको थियो । त्यति बेला उपराष्ट्रपतिका रुपमा कार्यरत सी सन् २०१२ को नोभेम्बर १५ तारिखमा जनगणतन्त्र चीनको राष्ट्रपति बन्नुभयो ।

चिनियाँ कम्युनिस्ट पार्टीका पाँचौं पुस्ताका नेता सी सत्तामा आएपछि उहाँले पार्टीको आन्तरिक एकता र भ्रष्टाचार निवारणलाई उच्च प्राथमिकतामा राख्नुभएको छ । उहाँले चिनिया सपना साकार बनाउन सामाजिक बजारमार्फत आर्थिक सुधारको अभियान अघि सार्नुभएको छ ।
छिमेकी राष्ट्रसँगको आर्थिक र राजनीतिक सम्बन्ध बलियो बनाउँदै चिनिया व्यापार विस्तारका लागि उहाँले अफ्रिका पूर्वी युरोप र दक्षिण एशियाली राष्ट्रहरु जोड्ने गरी सडक सञ्जाल विस्तार बेल्ट एण्ड रोड इनिसियटिभ बीआर आईको अवधारणा लागू गर्नुभएको छ । चिनिया सुरक्षा आयोगका अध्यक्ष रहनुभएका राष्ट्रपति सीले चिनिया सुरक्षा संगठनलाई आधुनिकीकरण गर्नुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्ष माओत्से तुङले जस्तै शक्ति आर्जन गर्नुभएका सीको विचार पार्टीको बिधान र चिनिया संविधानमा समेत उल्लेख गरिएको छ । राष्ट्रको शक्ति केन्द्रीकृत गरी सामाजिक सुधारमा ध्यान दिनुभएका सीलाई बहुसंख्यक चिनियाले लोकप्रिय नेता मानेका छन् । राष्ट्रपति सीको नेतृत्वमा चीनले भौतिक प्रगति गर्दै छिमेकी राष्ट्रसँगको सम्बन्ध पनि सुमधुर बनाएको विश्लेषण गरिएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्