काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङका लागि आज (आइतबार) पनि साढे २ घण्टा नेपाली आकाश ठप्प पारिने भएको छ ।

Advertisements

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान बिहान ११ बजेर २० मिनेटदेखि १ बजेर ५० मिनेटसम्म ठप्प पार्न लागिएको हो ।

Advertisements

शनिबार दिउँसो करिब ४ बजेर ४५ मिनेटमा नेपाल आइपुगेका सी आज मध्यान्ह साढे १२ बजे स्वदेश फर्किने कार्यक्रम छ ।

उनी स्वदेश फर्किने समय भन्दा करिब १ घण्टा अगाडीदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान रोक्न लागिएको विमानस्थल प्रशासनले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ आउँदा शनिबार पनि विमानस्थल अढाई घण्टा बन्द भएको थियो। उनका सवारी गुड्ने सडक पनि खाली गरिएको थियो । आज पनि उनी हिड्ने सडक खाली गराइने भएको छ ।

सीको सुरक्षालाई केन्द्रित गर्दै सुरक्षा व्यवस्था पनि कडा पारिएको छ भने उनको स्वागतका लागि आइतबार सरकारले सार्वजनिक बिदा दिएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्