अमेरिका । अमेरिकामा गोली चल्दा चार जनाको मृत्यु भएको छ। गोली लागी एक जना घाइते भएको जनाइएको छ।

Advertisements

सिकागोको उत्तरपश्चिम क्षेत्रस्थित एक अपार्टमेन्टमा गोली चलेको अमेरिकी प्रहरीले जनाएका छन्। तीन जना पुरुष र एक महिलाको मृत्यु भएको हो।

Advertisements

सिन्ह्वाका अनुसार विगत १५ वर्षदेखि अपार्टमेन्टमा बस्दै आएका एक जना ६७ वर्षीय निर्माण मजदूरले त्यही अपार्टमेन्टमा रहेका व्यक्तिमाथि शनिबार राति गोली चलाएका थिए।

मारिएका व्यक्तिहरु आफ्नो कोठामा खाना खाइरहेका बखत ती मजदूर जबर्जस्ती भित्र पसेर गोली चलाएको प्रहरीले बताएको छ।

प्रहरीले ती शंकास्पद व्यक्तिलाई पक्राउ गर्नुका साथै उनीसँग रहेको हतियार बरामद गरेको छ। गोली चलाउनुको कारण थाहा हुन सकेको छैन।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्