धनुषा । जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपाका संघीय सांसद प्रमोदकुमार साहमाथि अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले प्रहरीलाई ४ दिनको म्याद दिएको छ ।

Advertisements

काठमाडौंबाट मंगलबार समातेर जनकपुरधाम ल्याउँदा ढिलो भएपछि बुधबार अदालतमा पेश गर्दा दालतले ४ दिनको म्याद दिएको हो ।
अदालतबाट निस्कने क्रममा सांसद साहले सम्मानित अदालतले गर्ने निर्णयलाई सम्मान गर्ने प्रतिक्रिया दिएका छन् ।

Advertisements

अदालतमा सांसद साहलाई लग्दा सुरक्षा अवस्था कडा पारिएको थियो । उनीमाथि गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत नागरिक उड्डयन प्राधिकरणले मुद्दा दर्ता गराएको छ ।

मुद्दामा दोषी ठहर भएमा सांसद साहलाई ५ देखि १० वर्षसम्म कैद हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्