काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हल्लाको पछाडि नलाग्न सबैमा आग्रह गरेका छन्।

Advertisements

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका ओलीले पार्टीले दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सरकारको बचाउ गर्दै यस्तो बताएका हुन्।

Advertisements

उनले एकथरी मानिसहरु केही भएन भनेर आँखा चिम्लेर सरकारको आलोचना गरिरहेकको भन्दै आलोचकहरुलाई आँखा खोलेर हेर्न आग्रह गरे।

‘आँखा बन्द गरेर केही भएन भनेर आलोचना गरिएको छ’, उनले भने, ‘केही भएको छ कि छैन भनेर थाहा पाउन आँखा खोलेर हेर्न म आग्रह गर्छु।’ उनले सरकारलाई बदनाग गराउने उदेश्यले एकथरी मानिसहरु केही नभएको भन्ने भ्रम फैलाउन योजनावद्ध रुपमा लागेको बताए।

प्रधानमन्त्री ओलीली उपल्लो वर्गलाई परिर्वतनबारे ज्ञान नभएको भन्दै सर्वसाधरण र बुढाबुढीलाई त्यसबारे सोध्न आग्रह समेत गरे। ‘सभ्रान्त वर्गको घर, जागिर, गाडी सम्पत्ति छ, फरक नपरेको होला’, उनले भने, ‘बुढाबुढीहरुलाई गएर सोध्नुस् त जीवनमा फरक परेको छ कि छैन?’

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्