दाङ । विप्लव समुहका २१ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गोवन्दि रिजालका अनुसार नेपाल–भारत सीमामा पर्ने राजपुर गाउँपालिका वडा नम्वर ४ को मुग्रेटाखोलाको जंगलमा राप्ती बैठक बसिरहेका बेला आज बिहान १ बजे प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

Advertisements

बिप्लव समुहका मध्यपश्चिम कमाण्ड ईञ्चार्ज बिरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो ईञ्चार्ज सुवास बाठा र युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका २१ जना नेता कार्यकर्तालाई ठुलो परिमाणमा हातहतियार तथा बिस्फोटक पदार्थ सहित पक्राउ गरिएको प्रजिअ रिजालले जानकारी दिनुभयो ।

Advertisements

उहाँका अनुसार प्रहरीले उनीहरुलाई सदरमुकाम घोराही ल्याइरहेको छ । उनीहरुलाई पक्राउ गरिएको स्थानमा संचार सम्पर्क नभएका कारण कुन प्रकारका हतियार बरामद भएका छन् भन्ने जानकारी पाउन सकिएको छैन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्