सुर्खेत– वीरेन्दन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय तर्क रिजाल रहेका छन।

Advertisements

त्यस्तै १८ वर्षीय सुदीप खड्का, वडा नं ४ का २३ वर्षीय धनबहादुर खत्री, बराहताल गाउँपालिका–२ का २३ वर्षीय रोशन वली र २१ वर्षीय नरेश बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।

Advertisements

पीडित बालिकाले आइतबार दिएको जाहेरीका आधारमा प्रहरीले आरोपी सबैलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको हो। जिल्ला प्रहरी कार्यालयले आरोपीलाई हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको लागि म्याद थप गरिसकेको छ।

ती बालिकाले प्रहरीलाई दिएको जाहेरीमा आफूलाई उनीहरुले पालैपालो असोज १५, १६ र २३ गते एक पटक चार जनाले र अर्को पटक दुई जनाले करणी गरेको उल्लेख छ। जाहेरी परेलगत्तै आवश्यक प्रमाण सङ्कलन र आरोपीलाई पक्राउ गरी अनुसन्धान थालिएको रावलले बताए। रासस

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्