काठमाडौं । गुण्डा नाइके ‘बाघे’ भनेर चिनिने सन्देश लामालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । प्रहरीले बाघेसहित १८ अन्य बालुवा डिपोका सञ्चालकहरुलाई पनि पक्राउ गरेको हो ।

Advertisements

प्रहरीले उनीहरुलाई काठमाडौंको स्वयम्भू, महाराजगन्ज र बालाजुबाट पक्राउ गरिएको जनाएको छ ।

Advertisements

बालुवा, गिट्टी ढुवानी गर्ने ट्रकको डाला थपघट गरी कम सामग्री ढुवानी गर्दै आएको पत्ता लागेपछि थप अनुसन्धान गर्न  उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्