काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीको आठौं केन्द्रीय समिति बैठकले सरकार ‘इमान्दारीपूर्वक’ प्रस्तुत भए वार्ता गर्ने निर्णय गरेको छ ।

Advertisements

करिब दुई साताअघि मध्यपश्चिममा नेपाल–भारत सीमा नजिकै भएको भनिएको उक्त केन्द्रीय समिति बैठकले १२ बुँदे निर्णय गरेको छ।

Advertisements

दुई दिनसम्म चलेको बैठकपछि जारी विज्ञप्तीमा सरकारले वार्ताको चर्चा गरेर पनि सकारात्मकता नदेखाएको भन्दै सरकार वार्ताका लागि सकारात्मक भएको खण्डमा वार्ता गर्न तयार रहेको जनाइएको छ।

तर, विज्ञप्तिमा सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध हटाएर, गिरफ्तार नेता कार्यकर्तालाई रिहा गरेमा निशर्त वार्ता गर्न सकिने भनिएको छ ।

यसैगरी उक्त समूहले चार महिने चन्दा संकलन अभियान चलाउने, जनसेना निर्माण प्रक्रियालाइ अघि बढाउने लगायतका निर्णय गरेको छ।

बैठकमा विप्लवले ‘पार्टी शुद्धीकर र जनक्रान्ति’ विषयमा राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए भने  अन्य नेताहरुले आ–आफ्नो कार्यक्षेत्रको रिपोर्ट प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्