गणेश आचार्य
तुलसीपुर । हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठुलो चाड तिहार नजिकिदै जाँदा दाङको वादी समुदाय मादल बनाउन व्यस्त छ । यहाँ हरेकजसो घरमा अचेल मादल बनाउँदै गरेको देख्न सकिन्छ ।

Advertisements

तर,पछल्लो समय तिहारमा खेलिने देउसी भैलो संस्कृती जोगाउन भन्दा पनि डेग बजाएर नाँचगान गर्न थालेपछी मादलको व्यवसाय घट्दै भएको छ । जसका कारण मादल बनाएर जिविकोपार्जन गर्दै आएको वादी समुदाय चिन्तित छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ नयाँ बस्तीमा रहेको वादी समुदायले मादल बनाउने पेशालाई पुख्र्यौली पेशाका रुपमा अंगाल्दै आएका छन् । तिहार नजिकिए सँगै वादी समुदायका मानिसहरु मादल बनाउन व्यस्त छन् । किशोरदेखी वयस्कसम्म मादल बनाउनमै व्यस्त छन् ।

Advertisements

मादल बनाएर बार्षिकरुपमा २ देखी ५ लाख रुपैँयासम्म आम्दानी गर्दै आएको खेलराम वादीको भनाई छ ।
विगतमाभन्दा यसपटक बजारमा माग घटेको मादल बनाउने पेशा अंगाल्नुभएकी पवित्रा वादीले बताउनुभयो । ‘पहिलेभन्दा यसपाली मादलको माग घटेको छ ।’उहाँले भन्नुभयो,‘आजकालका केटाकेटी मादलमा भन्दा डेग बजाएर देउसी भैलो खेल्छन् त्यहीँ भएर मादलको माग घटेको हो ।’ पछिल्लो समय युवा पुस्ता तिज,तिहार जस्ता चाडपर्वमा मौलिकताको संरक्षणभन्दा आधुनिकता तर्फ ढल्केकाले मादलको माग घट्दो क्रममा भएको वादी समुदायको बुझाई छ ।

मादल बनाउँदा चाहिने काठको अभाव र मादलको घार खोल्ने आधुनिक मेशिन नहुनु पनि मादल बनाउनेहरुकालागि अर्को चुनौती हो । घार खोल्ने मेशिन महंगो पर्ने भएकाले परम्परागत तरिकाले घार खोल्नु पर्ने बाध्यता उनीहरुलाई छ । जसका कारण मादलको मुल्य महंगो भएको छ । अचेल उनीहरुले एउटा मादल २५ सय देखी १२ हजारसम्ममा बेच्दै आएका छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्