जनकपुरधाम । व्यावसायीको गोली हानी हत्या गरेको विरोधमा शनिबार धनुषासहित प्रदेश २ का विभिन्न जिल्लामा पेट्रोल पम्प ठप्प गरिएको छ।

Advertisements

धुषाको सपहीस्थित श्री शिव आयल स्टोर्सका संचालक मनोज साहको जनकपुरधाम १४ मुजेलियामा तीन दिनअगाडि गोली हानी हत्या गरेको थियो। सोही घटनाको विरोधमा पेट्रोलीयम डिलर्स एशोसिएसनले आज एक दिनका लागि पेट्रोल पम्प ठप्प पारेको हो। एशोसिएसनकोका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले व्यावसायी साहको हत्यारालाई कडा कारवाही र शान्ति सुरक्षाको माग राख्दै पेट्रोल पम्पहरु ठप्प पारेको जानकारी दिए। उनका अनुसार महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका पम्प पनि दुई घण्टा मात्र बन्द रहनेछ भने धनुषाका पेट्रोल पम्पहरु आज दिनभर खुल्ने छैन।

Advertisements

तिहार र दीपावली पर्वको पूर्वसंध्यामै पेट्रोल पमपहरु ठप्प भएपछि सर्वसधारण समस्यामा परेका छन्। पम्प बन्द भएका कारण सवारी चालकहरु किराना पसलहरुबाट प्रतिलिटर डेढ सयका दरले पेट्रोल खरिद गर्न बाध्य भएका छन् । गत बुधबार जनकपुरधाम १४ मुजेलियाका पंकज चौधरीले घरमै बोलाएर व्यावसायी साहलाई गोली हानेर हत्या गरेका थिए। हत्या गरेका चौधरी दुई पेस्तोल र २२ राउण्ड गोलीसहित पक्राउ परिसकेका छन्। उनीमाथि प्रहरीले हातहतियार खरखजना र पीडित परिवारको उजुरीले कर्तव्य ज्यान मुद्दा चलाएको छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्