काठमाडौं । महाराजगञ्जको साम्बाला होटेल पछाडि जुवाखालबाट प्रहरीले २५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

Advertisements

पक्राउ पर्नेमा पूर्व राज्यमन्त्री एवम् सांसद इन्द्रबहादुर बनियाँसहित २५ रहेका छन् ।

Advertisements

शनिबार महानगरीय प्रहरी परिसरको टोलीले जुवाखेलीरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीका अनुसार जुवाखालबाट २ करोड ६७ लाख रुपैयाँ बरामद गरिएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्