उदयपुर । कुखुरा खोरमा तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । मंगलबार राति ११ बजेको समयमा त्रियुगा नगरपालिका स्थित डिल्लीशेर राईको कुखुरा खोरमा तास खेलिरहेको अवस्थामा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisements

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका कालिखोला बस्ने ४५ वर्षिय जुहाडे राउत, ३४ वर्षिय पेसल राउत, ३९ वर्षिय डिक बहादुर कार्की, ४५ वर्षिय गजेन्द्र राई, ४७ वर्षिय डिल्लीशेर राई, २५ वर्षिय दिनेश बुढाथोकी र २३ वर्षिय सरोज थापा रहेका छन् । उनीहरुको साथबाट २ बुक तास र नगद नौ हजार ५ सय ८५ रुपैया समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरबहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार पक्राउ परेका सबैलाई जुवा ऐनअन्तर्गत कारवाही हुने भएको छ ।

Advertisements

यस अघि असोज २६ गते कोजाग्रात पूर्णिमाको दिन उदयपुर सदरमुकाम गाईघाट स्थित एनआईसी बैंक रहेको घरबाट नेपाली काँग्रेस उदयपुरका क्षेत्रिय सभापति सहित ८ जना तास खेलाडी पक्राउ परेका थिए ।

त्यस्तै, असोज २८ गते चौदण्डीगढी नगरपालिका -६ बगरकोटबाट ५ जना तास खेलाडी पक्राउ परेका थिए भने कात्तिक ३ गते राति त्रियुगा नगरपालिका ९ राजाबास स्थित बिशाल कार्कीको घरमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्