काठमाण्डौ । रेलमा आगालागीका कारण पाकिस्तानमा कम्तीमा ४६ जनाको मृत्यु भएको छ। लियाक्तपुर सहरनजिकै बिहीबार भएको उक्त घटनामा ३० भन्दा बढी घाइते भएको पाकिस्तानी समाचार अनलाइन डनले जनाएको छ।

Advertisements

तर उक्त जिल्ला सरकारले भने मृतकको संख्या ६२ पुगेको जानकारी दिएको छ।

Advertisements

घटनामा महिला र बालबालिका पनि रहेका छन्। मृतक र घाइतेलाई सोही सहरस्थित डीएचक्यु अस्पतालमा लगिएको छ। सिलिन्डर पड्किएर उक्त घटना भएको बताइएको छ। यात्रुहरु बिहानको खाजाको तयारी गरिरहँदा उक्त विस्फोट भएको हो।

उक्त रेल कराचीबाट रावलपिण्डी गइरहेको रेडियो पाकले जनाएको छ। घटना भएलगत्तै धेरै यात्रुले हामफालेर ज्यान जोगाएका थिए। क्षति पुगेको रेल दुई घण्टाभित्रै सञ्चालनमा ल्याउने रेलवे मन्त्री शेख रशिदले बताएको डनले जनाएको छ।

हाल उद्धारको काम भइरहेको बताइएको छ।

पाकिस्तानी सेनाले घटनाको उद्धारका लागि हेलिकोप्टर परिचालन गरेको छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्