काठमाण्डौ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षा तयारीबारे शुक्रबार गृह मन्त्रालयमा छलफल भएको छ।

Advertisements

बैठकमा गृहमन्त्री रामबहादुर थापा (बादल), गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्कर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका रथी गौरव तण्डुललगायत सहभागी थिए।

Advertisements

बैठकमा उपनिर्वाचनका लागि तयार पारिएको केन्द्रीय सुरक्षा कार्ययोजना प्रस्तुतीकरण गरिएको थियो। कार्ययोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीको एकीकृत परिचालनको खाका तयार पारिएको छ।

बैठकमा गृहमन्त्री थापाले सुरक्षा कार्ययोजना राम्रो बनेको भन्दै सुरक्षा संवेदनशीलता र विगतका निर्वाचनका अनुभवका आधारमा आवश्यकताअनुसार कार्ययोजनालाई थप परिष्कृत गर्दै लैजान निर्देशन दिए।

उनले निर्वाचनलाई स्वच्छ, स्वस्थ, शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्न आवश्यक सबै तयारी गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिए।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्