कञ्चनपुर ।  भारतको उत्तर प्रदेश प्रदेशको खिरी जिल्लाको खजुरीयाबाट सम्पूर्णानगरतर्फ गइरहेको यात्रुबाहक बसले सोमबार मोटरसाइकल सवार नेपालीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ।

Advertisements

उत्तर प्रदेश ३१ टि ०३२७ नम्बरको भारतीय बसले ठक्कर दिँदा कञ्चनपुरको बेलडाँडी गाउँपालिका ५ झिलमिलाका अन्दाजी १८ वर्षीय राजेश लुहारको मृत्यु भएको हो। म २ प ६८०५ नम्बरको मोटरसाइकलमा सवार लुहारलाई बसले पछाडिबाट ठक्कर दिँदा लुहारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए। मोटरसाइकल चालक सोही ठाउँका वर्ष २१ को रोहित रोकाया भने सामान्य घाइते भएका छन्।

Advertisements

ठक्कर दिने बस र चालक भारतीय प्रहरीको नियन्त्रणमा रहेका छन्। मृतको शव परीक्षणका लागि भारतीय अस्पतालमा राखिएको छ। निकटबर्ती भारतीय बजारमा सामान खरिदका लागि गएका बेला दुर्घटना भएको बताइएको छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्