बझाङ । बझाङको कालंगा हाइड्रो पावरको सुरुङभित्र फसेका मजदुरमध्ये तीनजनाको शव सशस्त्र प्रहरीले निकालेको छ। थप एक जनाको खोजी हुँदै गरेको प्रहरीले जनाएको छ।

Advertisements

बझाङ जिल्लाको बुङ्गल नगरपालिका–२ दाडिम दहबगरमा रहेको कालंगा जल विद्युत् को निर्माणाधीन इनलेट सुरुङभित्र चार जना कामदार आइतबार दिउँसोदेखि फसेका थिए। प्रहरी र स्थानीयले हिजैदेखि उद्धार प्रयास गरेपनि सफल हुन सकेनन्।

Advertisements

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरज श्रेष्ठले सशस्त्रको विशेष उद्दार टोलीले सुरुङको ६ सय मिटर भित्रबाट तीनजनाको शव निकालेको नेपालखबरलाई बताए। उनले सुरुङमा फसेका थप एकको खोजी भइरहेको बताए। ‘केन्द्रले खटाएको उद्दार टोली सुरुङ भित्र पसेको हो,’ श्रेष्ठले भने ‘तीनजनाको शव बरामद भएको छ, थप एकको खोजी जारी छ।’

जिल्ला प्रहरी कार्यालयका अनुसार छ जना कामदारहरु तीनवटा ट्रयाक्टर र एउटा जिपसहित सुरुङमा काम गर्न गएकोमा दुई जना बाहिर निस्किए पनि अरु चार जना सुरुङबाट फर्किन सकेका थिएनन्।दैलेखका कर्णबहादुर शाही, महेन्द्र बहादुर शाही, अछामका महेन्द्र साउद र बझाङका शेरबहादुर धामी सुरुङभित्रै फसेका हुन्।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्