काठमाडौँ । नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई ५ विकेटले पराजित गरेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ५ विकेट गुमाउँदै एमसीसीले दिएको लक्ष्य भेट्टाएको थियो । एमसीसीले जितको लागि २०२ रनको लक्ष्य दिएको थियो ।

Advertisements
टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९.२ ओभरमा सबै विकेट गुमाएर २०१ रन मात्रै बनाउन सक्यो। नेपालले ३७.३ ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनायो। नेपालको तर्फबाट विनोद भण्डारीले अविजित ५२ रन बनाए। पवन सर्राफले पनि अविजित ३८ रन बनाए।

Advertisements
पहिले ब्याटिङ गरेको एमसीसीका लागि विल रोडसले ५४ रन बनाए। त्यस्तै, ओपनर विल्ली गोड्लेम्यानले ५२ रन बनाउँदै अर्धशतक पूरा गरेका थिए।

नेपालका लागि बलिङतर्फ ललितनारायण राजवंशी र पवन सर्राफले समान ४-४ विकेट लिए। त्यस्तै, अविनाश बोहरा र करण केसीले समान १-१ विकेट लिएका थिए।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्