दाङ । गएराती  प्रतिनिधीसभाकी सांसद  शान्ता चौधरी चढ्ने गरेको सरकारी गाडी  दाङको लमही–६  स्थित  कुलमोड भन्ने स्थानमा दुर्घटनामा परेको छ ।

Advertisements

सांसद चौधरीलाई लक्ष्मीपुरस्थित घरमा छाडेर देउखुरी तर्फ फर्किदै गरेको अबस्थामा बा २ झ २८७१ नम्वरको  स्कारपियो गाडी दुर्घटना  भएको दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्त  डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।

Advertisements

रातको १२ बजेर ४५ मिनेट जाँदा गाडी दुर्घटना भएपछि त्यसका चालक रतनलाल चौधरी जानकारी गराउन आफै प्रहरी कार्यालयमा आएको र उनलाई नियन्त्रणमा राखिएको डिएसपी शाहले बताए ।

स्थानीयका  अनुसार गाडी सडकदेखि करिव १ सय ५० मिटर तल खसेको छ । दुर्घटनामा  कुनै मानविय क्षति भने भएको छैन ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्