गणेश आचार्य
दाङ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले रोशनी प्रकरणमा गल्ती गरेको बताउनुभएको छ ।

Advertisements

प्रेस संगठन दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले महराले रोशनी प्रकरणका बारेमा आफूले सोध्दा समेत झुटो बोलेर ढाँटेको बताउनुभयो । महराले नैतिक अपराध गरेको भन्दै अध्यक्ष प्रचण्डले गल्ती गरेकाले गल्ती अनुसारको सजाए भोग्नुपर्ने बताउनुभयो ।

Advertisements

पत्रकार सम्मेलनमा प्रचण्डले प्रचारमा आए जस्तो लिपुलेक भारतले आफ्नो देशको नक्सामा राखेको भए अस्वीकार्य हुने बताउनुभयो । सरकारले लिपुलेक विवादको समस्या समाधान गर्न कुनटनीतिक पहल गरिसकेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले केपी वली नेतृत्वकै सरकारले पाँच बर्षे कार्यकाल पुरा गर्ने समेत बताउनुभयो । बिगतमा वली र आफूबीच प्रधानमन्त्री आधा आधा कार्यकाल बन्ने सहमती अब ईतिहास भइसकेको बताउनुभयो ।
राजनीतिक स्थायीत्वकोलागि पार्टी एकता गरेको बताउँदै उहाँले आफू प्रधामन्त्रीकालागि महिरत्ते नगर्ने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्