काठमाडौं  । अर्घाखाँचीमा निजी कार दुर्घना हुँदा ३ जनाको ज्यान गएको छ।

Advertisements

सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज विहान ९ बजे रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार नरपानीमा दुर्घटनामा परेको अर्घाखाँची प्रहरीले जनाएको छ।  अर्घाखाची प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश खत्रीका अनुसार २ जनाको घटनास्थलमै र एक जनाको उद्दार गर्ने क्रममा निधन भएको छ।

Advertisements

पाँच जना सवार कारमा २ जनाको भने स्थानीय ठाँडा प्राथमिक स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्