दाङ । दाङ क्षेत्र नम्वर ३ प्रदेशसभा‘ख’मा मंसिर १२ गते हुन गइरहेको उपनिर्वाचनकालागि दाङमा १४ जनाले उमेद्वारी दर्ता गराएका छन् ।

Advertisements

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार नेकपाकी नेतृ बिमला वली,कांग्रेसका केशवकुमार शर्मा लगाएत १४ जनाले उमेद्वारी दर्ता गराएका हुन् । त्यसक्षेत्रमा चुनाव जितेका नेकपाका सांसद उत्तरकुमार वलीको सवारी दुर्घटनामा निधन भएपछी उपनिर्वाचन हुँदैछ । नेकपाले स्वर्गीय वलीकी श्रीमतीलाई उमेद्वार बनाएको छ । उमेद्वारी मनोनय दर्तासँगै दलहरु चुनावी मैदानमा होमिएका छन् ।
मनोनय दर्ता पश्चात नेकपा उमेद्वार बिमला वलीले पश्चिम दाङकालाई सम्वृद्ध बनाउने आफ्ना पतिको सपना साकार पार्न आफू चुनावी मैदानमा होमिएको बताउनुभयो । स्वर्गीय वली त्यसक्षेत्रमा विकासप्रेमी नेताका रुपमा परिचित हुनुहन्थ्यो ।
काँग्रेस उमेद्वार अचार्यले सरकारको गलत क्रियाकलापका बिरुद्ध लड्न आफू चुनावी मैदानमा उत्रिएको प्रतिक्रिया दिनुभयो ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्