गणेश आचार्य
दाङ । प्रेमी प्रमिकाको अश्लील भिडिओ बनाएर फिरौती रकम माग्ने अपराधिक समुहलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ खमारी जंगलमा सोही ठाउँको विमल वली,नविन नेपाली र दुजबहादुर खत्रीलाई प्रहरीले हवाई फायरगरी नियन्त्रणमा लिएको हो ।

Advertisements

इप्रका तुलसीपुरका प्रहरी निरीक्षक प्रवक्ता चक्रडम्वर पालका अनुसार यहीँ कात्तिक ३ गते बेलुकी चमेरे गुफा घुमेर फर्कने क्रममा एक प्रेम जोडीलाई बन्धक बनाएर अश्लील भिडियो बनाई पाँच लाख रुपैँया फिरौती माग गरेका थिए । सोही फिरौती रकम बुझ्ने क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisements

उनीहरुको साथबाट प्रहरीले मोबाइल,चक्कु र मोटरसाइकल समेत बरामद गरेको छ । घटनामा संलग्न अरु २ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई अपहरण तथा शरीर बन्धक ऐन अन्तरगत मुद्धा चलाउने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्