दाङ । आगामी मंसिर १४ गते हुने प्रदेशसभा उपनिर्वाचनको प्रचारप्रसार चलिरहेका बेला नेपाली काँग्रेस भने नेकपा कार्यकर्ता विरुद्ध भौतिक आक्रमणमा उत्रिएको छ ।

Advertisements

यसैक्रममा नेविसंघ दाङका कोषाध्यक्ष अरुण लहरेले राप्ती बबई क्याम्पस तुलसीपुर अनेरास्ववियू अध्यक्ष रविन वलीमाथी सांघातिक आक्रमण गरेका छन् । आज बिहान करिब साढे ७ बजे क्याम्पसम प्रांगणमा दलबल सहित पुगेका लहरेले वलीमाथि पछाडीबाट टाउकोमा ढुंगा प्रहार गरेका हुन् । लहरे ढुंगा प्रहारगरी फरार भएका छन् । वलीले केहिदिन अघी कालिका मन्दिरको गेटमा ५ लाख लगेको हल्ला छ भन्दै फेसवुकमा स्टाटस लेखेका थिए । तर,उनले कसैको नाम भने उल्लेख गरेका थिएनन् । लहरेले फेसवुकमा के लेखेको थिइस् भन्दै पछाडीबाट ढुंगा प्रहारगरी भागेको वलीले जानकारी दिएका छन् ।

Advertisements

लहरे उपनिर्वाचन नजिकिएसँगै सामाजिक संजाल फेसवुकमा नेकपा विरुद्ध निकै जाइ लाग्दै आएका छन् । उनले नेकपाका सिंगो कार्यकर्ताको मानमर्दन हुनेगरी फेसवुकमा लेख्दै आएका छन् । लहरेले नेकपा विरुछ लहरे विरुद्ध वलील इप्रका तुलसीपुरमा उजुरी दिएका छन् । लहरेलाई केही सार्वजनिक नैतिकता विरुद्धको अपराध मुद्धा चलाइने इप्रका तुलसीपुरका प्रमुख डीएसपी हरिहरनाथ योगीले जानकारी दिएका छन् । डीएसपी योगीका अनुसार लहरेको खोजी भइरहेको छ । प्रहरीका अनुसार लहरेको विगतको पृष्ठभुमी केही अपराधिक छ । उनी केही बर्षअघी राप्ती राजमार्ग अन्र्तगत तुलसीपुर–अमिलिया सडकखण्डमा पर्ने तुइखोलामा ट्रक लुटपाटको घटनामा संलग्न भएका थिए ।

उनलाई २०७४ सालको प्रतिनिधीसभा चुनावमा आफ्नै पार्टीका उमेद्वार दिपक गिरीलाई हराउन तत्कालीन एमालेसँग तुलसीपुरको कालिका मन्दिरको गेटमा पैसा बुझेको आरोप समेत लाग्दै आएको छ । नेविसंघभित्र उनी अराजक मानिन्छन् । उनले करिब २ बर्षअघी नेविसंघ दाङको बैठकमा अध्यक्ष राजकुमार डाँगीलाई हातपात पनि गरेका थिए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्