दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले क्षेत्र नम्बर ३ प्रदेशसभा ´ख`मा चुनावी अभियान तीव्र बनाएको छ ।

Advertisements

यसैक्रममा नेकपाले आज अहिलेसम्म बबई गाउँपालिकाको सुनपुर,झारगजेरी,चरकमटिया र खिलतपुरमा टोलसभा र घरदैलो गरेको छ ।
भोट माग्दै घरदैलोमा पुग्नुभएकी नेकपाका उमेदवार विमला वलीलाई मतदाताले मतदानगरी विजयी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Advertisements

स्वर्गीय सांसद उत्तर वलीसँग आफुहरूले विकासको अपेक्षा गरेको र उहाँको निधन पश्चात् विमलाले उहाँको सपना पूरा गर्ने भन्दै यसपटक पनि नेकपालाई मतदान गर्ने बताए ।  ´विकासका सारथी उत्तर वलीको निधन भएपछि पश्चिम दाङ अभिभावक बिहिन जस्तो भएको भन्दै मतदाता कृष्णबहादुर खत्रीले चुनाव जितेर उहाँका सपना पूरा गर्न उमेदवार वलीलाई आग्रह गर्नुभयो ।

उमेदवार वलीले श्रीमान् गुमाएपछि अब आफू पश्चिम दाङवासीको साथमा बस्न चाहेको बताउनुभयो । उहाँले आफुले चुनाव जितेमा स्वर्गीय पति सांसद उत्तर वलीले पूरा गर्न नपाएका विकासका काम पूरा गर्ने मतदाता समक्ष प्रतिबद्धता व्यक्त गर्नुभएको छ । घरदैलो अभियान अहिले पनि जारी छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्