दाङ । स्वर्गद्वारी जाने तिर्थालु चढेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
प्युठानको भिंग्रीबाट स्वर्गद्वारी जाँदै गरेकाे ग २ च ५२४९ नम्बरकाे बलेराे जिप भिंग्रीकाेटकाे भीरबाट करिब ३ सय मिटर तल खसेको छ । जीपमा रहेका अरू ४ जना गम्भीर घाइते भएका छन् ।
मृतक र घाइतेको पहिचान हुन नसकेको प्युठान प्रहरीले जनाएको छ । घाइतेको प्युठानमा प्रारम्भिक उपचार पश्चात् अन्यत्र पठाउने तयारी भइरहेको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्