गुल्मी । गुल्मीमा १५ दिन पहिले हत्या गरिएको अवस्थामा फेला परेका तीन जनाको हत्यामा संलग्नको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

Advertisements

चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा झण्डै १५ दिन पहिले बेवारिसे अवस्थामा फेला परेका ३ वटा शवको पहिचाहनसँगै हत्यामा संलग्नलाई शुक्रबार सार्वजनिक गरेको हो ।

Advertisements

बाग्लुङ गल्कोट नगरपालिका–८ ज्यामिरेका ४६ वर्षका पूर्ण्बहादुर सुनार र १९ वर्षका माधव सुनार पक्राउ परेका र अर्का एक अभियुक्त फरार रहेको गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।

प्रहरीले मृत्यु हुनेमा मोरङ कानेपोखरी गाउँपालिका– ३ हरकपुर घर भइ हाल पोखरा महानगरपालिका बस्दै आएकी ३२ वर्षकी सरिता भन्ने शिवमाया लिम्बु र उनका ७ वर्षका जुम्ल्याहा छोरीहरु गंगा र जमुना रहेको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मी र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले अभियुक्तलाई पोखरा महानगरपालिका २५ हेम्जास्थित डेराबाट पक्राउ गरेको हो ।

तीनवटै शव पोष्टमार्टमपछि पाल्पा जिल्ला अस्पतालमा राखिएको थियो । तीन जनाको निर्ममतापूर्वक हत्या गरी कच्ची सडकबाट ४ मिटर पर शव फालिएको अवस्थामा भेटिएको थियो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्