गणेश आचार्य
सलौरा । दंगीशरण गाउँपालिका वडा नम्वर ४ र ५ को सीमा छुट्याउने एउटा पूर्व–पश्चिमको कच्ची बाटो छ । बाटो देखी उत्तर सलौरा गाउँ छ भने दक्षिणतिर मौली । सलौरा दाङ क्षेत्र नम्वर ३ प्रदेश सभा ‘ख’का काँग्रेस
उमेद्वार केशव आचार्यको गाउँ हो । यहाँ ब्राह्मण,क्षेत्री र थारु समुदायको बस्ती छ भने मौलीमा अधिकांश थारु जातीका मानिस बस्छन् भने थोरै मात्रामा ब्राह्मण र क्षेत्री छन् ।

Advertisements

यी दुई गाउँको सीमामा जाने बित्तिकै त्यहाँको खेतबारीले सबैको ध्यान खिच्छ । अनौठो देखिन्छ यहाँको दृश्य । सलौरा तिरका खेतबारीमा पहेँलपुर तोरी फुलेको छ भने मौलि तिरका खेतबारी बाँझै छन् । यसको कारण हो,मौलीमाथि सलौराको दादागिरी । यहाँ दुई गाउँ बिच कुलोपानीको विवाद पहिल्यैदेखी छ । दुई गाउँ बिचको सहमती कुलामा आउने पानी मध्य दुई भाग सलौरा र एक भाग मौलीले प्रयोग गर्ने सहमती पनि भएको थियो । तर,सलौराका जमिनदारको बलमिच्याँईले मौलीका किसानले एकथोपा पनि पानी पाउँदैन् ।

Advertisements

सहमती अनुसार तीन भागको एक भाग पानी माग्दा बरु सलौराका जमिनदारको निर्देशनमा मौलीका
किसान कृष्णबहादुर चौधरीको हत्या गरियो । मौली गाउँलाई पानी नदिने सलौराको नेतृत्व केशव आचार्यले गरेका थिए । उनै आचार्यलाई नेपाली काँग्रेसले मंसिर १४ गते हुने प्रदेश सभा सदस्यको उपनिर्वाचनमा उमेद्वार
बनाएको छ । यो घटना २०६७ साल साउन २८ गतेको हो । सलौरा र मौली बिच कुलोपानीको विवाद चरम उत्कर्षमा थियो । दुवै गाउँका किसान सहमतीकालागि छलफल गर्दै थिए ।

एकतिर छलफल भइरहेको थियो भने अर्कातिर सलौराको एक समूहले भर्खर क्याम्पस
पढ्दै गरेका रामप्रसाद चौधरीलाई किन चाहियो पानी ? भन्दै कुटपीट ग¥यो । छोरालाई कुटपीट गरेपछी उनका बावु कृष्णबहादुर चौधरीलाई चित्त बुझेन र
छोरालाई किन कुटेको ? भनेर त्यो समूहलाई प्रश्न गरे । उनको प्रश्न भुँइमा खस्न नपाउँदै उनीमाथि पनि उक्त समूह जाइ लाग्यो । खुकुरी र लाठी प्रहारगरी उनको हत्या गरियो ।

स्थानीय कमल चौधरीका अनुसार त्यो घटनाका मुख्य कमाण्डर अहिले काँग्रेसले प्रदेश सांसदको उमेद्वार बनाएका केशव आचार्य हुन् । आचार्यकै निर्देशनमा
मौलीका किसानमाथि कुटपीट गरिएको हो भने उनकै आडमा किसान कृष्णबहादुर चौधरीको हत्या गरिएको हो । ‘काँग्रेस नेता केशव आचार्यको कमान्डिङमा
मौलीका किसान माथि दमन भएको हो ।’कमलले भने,‘उनीहरुको दमनले एकजनाको मृत्यु भयो ।’

मौलीमा काँग्रेस उमेद्वार आचार्य भोट माग्न गएका बेला त्यहाँका स्थानीयले पानी नदिनेलाई भोट नदिने भन्दै मुखभरीको जवाफ दिएर फर्काएको कमलको भनाई छ
। काँग्रेस उमेद्वार आचार्यको हस्तक्षेपका कारण मौली र सुकदेवाको डबरा क्षेत्रको करिब ४ सय बिघाह जमिन हिउँदमा बाँझै हुने गरेको छ । बर्खामा भने जेनतेन आकाशे पानीको घरमा किसानले खेती गर्ने गरेका छन् ।

काँग्रेस उमेद्वार आचार्यकै कारण आफूहरुले खेतबारीमा सिचाइँ गर्न नपाएको भन्दै उनलाई भोट नदिने स्थानीय सुनिता चौधरीको भनाई छ । ‘केशव हुन त छिमेकी गाउँका हुन् ।’ खेतबारी तिर हेर्दै उनले भनिन्,‘हेर्नुुस्,सलौरातिर तोरी फुलेको छ हाम्रोतिर बाँझै छ । यो सब केशव आचार्यको दादागिरीका कारण भएको हो । उनलाई हामी किसानले भोट दिँदैनौँ ।’

स्थानीय रेणुका चौधरीको पीडा पनि उस्तै छ । उनको नजरमा काँग्रेस उमेद्वार आचार्य किसानमारा सामन्त हुन् । उनकै नेतृत्वको जत्थाले ‘खेतमा सिचाइँ
गर्ने पानी’ माग्दा व्यक्ति हत्यासम्मको घटना गराउने आचार्यलाई आफूहरुले भोट नदिने उनले बताइन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्