अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको यात्रुबहाक बस बुधबार अपरान्ह सन्धिखर्क नगरपालिका–६ नरपानी रातामाटेमा दुर्घटना हुँदा १९ यात्रुको निधन र १६ यात्रु घाईते भएको खबरले स्तब्ध बनाएको छ ।

Advertisements


दुर्घटनामा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै,घाईतेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
सडकको क्षमताभन्दा धेरै यातायातका साधनको आवागमन, चालकको लापरवाही, सवारी साधनको अवस्था लगायत विविध कारणले दुर्घटना बढिरहेका छन् । पहाडी क्षेत्रको कठिन भूगोलमा निर्माण गरिएका साँघुरा सडकमा तीब्र गतिमा गाडी हुइँकाउने प्रवतिले पनि दुर्घटनाको जोखिम बढेको छ । दुर्घटनाको कारण पत्ता लगाएर यतिखेर सरकारले सडक विस्तारको कामलाई तीब्र बनाएको छ । चालकलाई दुर्घटना जोखिमबारे सचेत गराइरहने कार्यक्रम चलिरहेको छ । बढ्दो दुर्घटनालाई न्युनिकरण र रोकथाम गर्न नसक्ने हो भने आगामी दिनमा नेपाली समाजमा यसले ठूलो समस्या ल्याउने देखिन्छ । तसर्थ प्रदेश सरकारले सडक सुरक्षा कार्यक्रम सञ्चालन गर्दैछ । यो अभियानलाई सफल बनाउन स्थानीय तह, यातायात व्यवसायी, मजदुर लगायत सबै सरोकारवाला निकाय एकताबद्ध भई अघि बढ्न हार्दिक अपील गर्दछु ।
दुर्घटना लगत्तै उद्वारमा खटिएका नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय राजनैतिक दलका नेता, कार्यकर्ता र स्थानीय समुदायको सक्रियता र पहलकदमीको म उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७६ मंसिर १२

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्