दाङ । नेविसंघ दाङका कोषाध्यक्ष अरून लहरे पक्राउ परेका छन् ।

Advertisements

Advertisements

अनेरास्ववियु राप्ती बबई क्याम्पस तुलसीपुरका अध्यक्ष रविन वलीलाई कुटपिट गरेका लहरे यसअघि फरार थिए । लहरेले केही दिनअघि वलीलाई क्याम्पस प्रांगणमा बिना कारण कुटपिट गरेका थिए । लहरेलाई प्रहरी मंगलबार तुलसीपुर बजारबाट पक्राउगरी सार्वजनिक नैतिकता विरुद्धको मुद्दा चलाएको छ ।

इप्रका तुलसीपुर प्रमुख डीएसपी हरिहरनाथ योगीका अनुसार उनलाई जिल्ला प्रशासन कार्यालय दाङले १० दिन हिरासतमा राखि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । लहरे केही बर्षअघि ट्रक लुटपाटको अारोपमा समेत पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्