गणेश आचार्य
बुटवल । दाङ क्षेत्र नम्बर ३ प्रदेश सभा´ख`को उपनिर्वाचनमा विजयी हुनुभएकी विमला वलीले प्रदेश सभा सदस्य पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।

Advertisements

प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले आज प्रदेश सभा सचिवालयमा एक समारोहका बिच सपथ ग्रहण गराउनु भएको हो । नवनिर्वाचित प्रदेश सभा सदस्य वलीले देश र जनताको नाममा सपथ ग्रहण गर्नुभएको छ ।
सपथ ग्रहण पश्चात् पत्रकारहरूसँग कुरा गर्दै अबको जीवन राजनीतिमा बिताउने बताउनुभयो । श्रीमानले जनतासामु गरेका बाचा पूरा गर्न लाग्ने बताउँदै सधैं जनतासँगै रहने बताउनुभयो ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्