Advertisements

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले साग फूटबल फाइनलको टिकट मूल्य दोब्बरले बढाएको छ।  भोली मंगलबार दिउँसो तीन बजे दशरथ रङ्गशालामा नेपाल र भुटानबीच साग फूटबलको फाईनल खेल हुँदैछ।

Advertisements

रङ्गशालाकै प्याराफिटमा गएर साग फूटबलको फाईनल हेर्न चाहने दर्शकले अब सामान्य ग्यालरीका लागि एकहजार रुपैयाँ र भीआईपी ग्यालरीका लागि दुई हजार रुपैयाँको टिकट खरिद गर्नुपर्नेछ। यही टिकट प्रयोग गरी दर्शकले सागको समापन समारोह समेत अवलोकन गर्न पाउनेछन्। रङ्गशालामा दर्शको अत्याधिक चापलाई व्यवस्थित गर्न टिकटको मूल्य बढाइएको अनुमान छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्