बारा । बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत भेदिहर पक्राउ परेका छन्।

Advertisements

सवारी ज्यान मुद्धाका फरार प्रतिवादीको आरोपमा अध्यक्ष भेदिहर आइतबार पक्राउ हुन। उनी १३ वर्ष पछि पक्राउ परेका हुन्। भेदिहरलाई जिल्ला अदालत बाराले २०६३ साल भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

Advertisements

उनले चलाएको ना४प ३७८५ नम्बरको मोटरसाइकलले टक्कर दिँदा २०६२ साल माघ २८ गते हँसिया देवि चौधरीको मृत्यु भएको थियो।

बाराका प्रहरी उपरीक्षक विकासराज खनालका अनुसार उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पठाइएको छ।

भेदिहर तत्कालिन विजयकुमार गच्छदारले नेतृत्व गरेको फोरम लोकत्रान्त्रिकबाट २०७४ सालमा भएको तेस्रो चरणको स्थनीय तहको निर्वाचनमा निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्