भोजपुर ।  बलात्कार आरोपमा हतुवागढी गाउँपालिका ६ होम्ताङका वडा सदस्य बालकुमार राई पक्राउ परेका छन् ।

Advertisements
स्थानीय एक युवतीलाई घरमा कोहि नभएको मौका छोपी जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले३८ वर्षीय राईलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार गत मंसिर १५ गते वडा सदस्य राईले २४ वर्षीय युवतिलाई जबरजस्ती करणी गरेका थिए ।

Advertisements
राईलाईजबरजस्ती करणी मुद्दा शिर्षक अर्न्तगत अदालतबाट म्याद थप लिई अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख नरबहादुर सलामी मगरले जानकारी दिए।

राईलाई यसअघि पनि जबरजस्ती करणी आरोपमा वडा कार्यालयले निलम्बन गरेको थियो।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्