रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले घूससहित सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित २ जनालाई पक्राउ गरेको छ ।

Advertisements
घरायसी सामाग्री ओसारपसारमा सहयोग गरिदिने भन्दै विष्णुपुरा सशस्त्र प्रहरी बेस क्याम्प रुपन्देहीका प्रमुख इन्सपेक्टर तेजबहादुर जोरा र सहायक हवल्दार विरेन्द्रप्रसाद चौधरी ६ हजार रुपैयाँ घूस लिँदै गर्दा रंगेहात पक्राउ गरेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ । गैडहवा गाउँपालिका–३ सगरहवाबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले बताएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्