दाङ । प्रदेश ५ सरकारका सांसद विमला वलीले सहकारीले जीवन स्तर सुधारमा मद्त गर्ने भन्दै सहकारीमा महिलाको सहभागिता हुने बताउनुभएको छ ।

Advertisements

दंगीशरण गाउँपालिका वडा न. ३ मा रहेको सती बचत तथा क्रृण सहकारी सस्ंथाको १०औँ साधारण सभालाई सम्वोधन गर्दै सांसद वलीले यस्तो बताउनुभएको हो । सहकारीले आत्म निर्भर हुन सिकाउने भन्दै उहााले यसमा महिलाहरुको सहभागिता हुन जरुरी रहेको बताउनुभयो ।

Advertisements

आर्थीक रुपमा महिलाले समस्या भोग्नु पेरको भन्दै सहकारीबाट महिलाले जीवन स्तर सुधार्न सक्ने सांसद वलीले बताउनुभयो । उहाँले महिलाहरुको जीवन बदल्नका लागि आफु सधैँ साथ र सहयोग गर्नेसमेत जनाउनुभयो । त्यस्तै सांसद धमकली चौधरीले महिलाहरुलाई उधमशिल बनाउँने र ग्रामीण महिला विकाश कार्यक्रम ल्याई आर्थीक रुपमा जोड्ने उद्धेश्यले सामुदायीक सिकाई केन्द्रका लागि ३० लाख रुपैया वजेट विनीयोजन गरेको बताउँनुभयो । दंगिशण गाउँपालिका वडा न. ५ का वडा अध्यक्ष दिपक गौतमले पछिल्लो समयमा सहकारीले महिलाहरुको आर्थीक उपार्जनमा परीवर्तन ल्याएको भन्दै यसलाई प्रभावकारी रुपमा अगाडि बढाउँनुपर्ने बताउँनुभयो ।

सभामा कोषाध्यक्ष विमला गिरीले गत बर्ष २०७४ ÷ ०७५ को ५४ लाख १३ हजार ६ सय ३४ र आर्थीक बर्ष २०७५÷०७६ को ६२ लाख १६ हजार ५ सय २४ रुपैयाको आय ब्यय प्रश्तुत गर्नुभएको थियो । सती बचत तथा क्रृण सहकारी सस्ंथाका अध्यक्ष वसन्ती वलीको अधयक्षता तथा प्रदेश सांसद विमला वलीको प्रमुख आतीथ्यता एंव सांसद धमकली चौधरीको विशिष्ट आतीथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सस्ंथाका साधारण सदस्य सिर्जना के.सीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण उमा वस्नेतले गर्नुभएको थियो । सभाले पुनः वसन्ती वलीको अध्यक्षतामा समीती गठन गरेको छ । जसको उपाध्यक्षमा विष्णु खड्का, सचिव उमा वस्नेत, कोषाध्यक्ष विमला गिरी रहनुभएको छ ।

यस्तै सदस्यहरुमा गोमा आचार्य, अन्जु खत्री, मन कुमारी चौधरी, दिल कुमारी वि.क, लगाएतका रहनु भएको छ । यस्तै तिला वलीको सयोंजकत्वमा ५ सदस्यीय क्रृण समीती गठन गरेको छ । जसको उप सयोजकमा सृजना के.सी, सदस्यहरुमा कल्पना नेपाली , रविना चौधरी, सावीत्री डांगी रहनुभएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्