काठमाडाैं । गत साताको अन्त्यबाट नेपालमा दैनिकरुपमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

Advertisements

तोलामा एक हजार रुपैयाँले बढेर आइतबार छापावाला सुन प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा किनबेच भएको छ ।

Advertisements

नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो । शुक्रबार मात्रै छापावाला सुन प्रतितोला ७४ हजार ५ सय रुपैयाँमा किनबेच भएर रेकर्ड बनाएको थियो । नेपाली बजारमा सुनको मूल्य एक्कासी बढ्नुको दुई कारण भएको विश्लेषण गरिएको छ । एकातिर भारतीय मुद्रा कमजोर भइ डलर महंगो हुँदा सुनको मूल्य बढ्न गएको छ भने अर्कातिर ईरान र अमेरिकाबीच तनाव उत्पन्न भइ सुनको भाउ एक्कासी बढ्न गएको देखिन्छ । बजारमा तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदी प्रतितोला नौ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्