काठमाडौ । उपत्यका विभिन्न ठाउँमा मंगलबार ७ घण्टा विद्युत बन्द हुने भएको छ । चक्रपथ विस्तारको लागि सडक छेउका रुख काट्नुपर्ने भएकाले महाराजगञ्ज वितरण केन्द्रकोे ओम फिडरबाट वितरण हुने लाइन बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

Advertisements

यो लाइन बन्द हुँदा सुकेधारा, न्यू कोलोनी, ढलाने पुल, निलो पुल, लगायतको क्षेत्रमा सात घण्टा बिजुली नआउने भएको हो । रुख कटानको काम सम्पन्न हुने बित्तिकै सेवा सुचारु गरिने प्राधिकरणले जनाएको छ । अहिले चक्रपथ विस्तारको काम भइरहेको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्