बझाङ । आफ्नै श्रीमती कुटपिट गरेको आरोपमा दुर्गाथली गाँउपालिका–६ सैनपसेलाका राजु जाग्री पक्राउ परेका छन् ।
राजुमाथि श्रीमती रमालाई एक साताअघि मरणासन्न हुनेगरी चार दिनसम्म बन्धक बनाएर राखेको आरोप छ ।
श्रीमती कुटेर बन्धक बनाएपछि छोरीले आफन्तलाई जानकारी गराएको र प्रहरीको सहयोगमा रमाको उद्वार गरिएको हो ।
राजु विरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरि कार्वाही अघि बढाइएको प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिनुभएको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्