सल्यान । कालीमाटी गाउँपालिका–४ खैरीमा चिउरीको घिउ उत्पादन सुरु भएको छ। स्थानीय हीरामणि रानाले जिल्लामै पहिलो चिउरीको घिउ उत्पादन सुरु गरेका हुन्।

Advertisements

जंगलमा खेर गइरहेको चिउरीको दाना प्रशोधन गरेर घिउ उत्पादन गरिएको रानाले बताए। उक्त घिउ साबुन उत्पादन गर्न प्रयोग गरिने उनको भनाइ छ। उनले पाँच लाख रुपैयाँमा स्थानीयसँग ७० क्विन्टल दाना खरिद गरेको बताए।  ‘उत्पादित घिउ बिक्रीका लागि सहकारीमार्फत हसना उद्योग हर्बल काठमाडौंसँग सम्झौता भैसकेको  छ,’ रानाले भने, ‘बजारको कुनै समस्या छैन, जति पनि बिक्री हुन्छ।’  यस वर्ष १५ देखि २० लाख रुपैयाँसम्मको घिउ बिक्री गर्ने लक्ष्य रहेको उनले बताए।

Advertisements

चिउरीको दाना गाउँमै बिक्री हुन थालेपछि १०० जनाभन्दा स्थानीय लाभान्वित बनेका छन्। चिउरीको दाना जंगलबाट ल्याएर बिक्री गरे एकजनाले एक सिजनामा चारदेखि १० हजार रुपैयाँसम्म आम्दानी गरेको स्थानीय कुवेर केसीले बताए। ‘यहाँ प्रशोधनका लागि चार जनाले रोजगारी पाएका छन्,’ उनले भने, ‘जंगलबाट चिउरीको दाना ल्याएर बिक्री गर्ने १०० जनाभन्दा बढी छन्।’

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्