धनुषा । धनुषामा अवैध खोला उत्खननको विरोध गर्ने युवकको खोलामै टिपरले किचेर हत्या गरिएको छ ।

Advertisements

धनुषाको मिथिला नगरपालिका ५ श्रीपुर बस्ने रामजिवन महतोको २४ वर्षीय छोरा ओमप्रकाश भन्ने दिलीपकुमार महतोको शुक्रबार विहानै औरही खोलामा टिपरले किचेर हत्या गरिएको हो ।

Advertisements

विहान ४ बजेतिर छिमेक साथी रोशन यादवसँग मोर्निङवाक गएको बेला घर नजिकैको पूर्व पट्टीको खोलामा ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर दिलीपको हत्या भएको स्थानीयले बताएका छन् । उनी भारतमा ईन्जिनियरिंग पढ्दै आएका थिए ।

घटना लगतै प्रहरी पुगेर शव बरामद गरी पोस्टमार्टमको लागि प्रादेशिक अस्पतल जनकपुर पठाएको छ भने टिपर नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

घटनाको प्रकृति हेर्दा नियोजित रुपमा टिपरले किचेर दिलिपको हत्या गरेको हुन सक्ने ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए ।

घटना पश्चात् टिपर चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक यादवले बताए ।
गाउँलाई जोखिममा पार्ने गरी गाउको पूर्वपट्टीको औरही र पश्चिम पट्टीको बसही खोलामा भइरहेको अवैद्य उत्खननको दिलीपले गाउँलेसंगै विरोध गर्दै आएको स्थानीयको भनाई छ । विरोधमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेकाले क्रसर सञ्चालकले योजनाबद्ध रुमानै दिलीपको हत्या गरेको स्थानीय उमेश कुशवाहाले बताए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्