दाङ । सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई विप्लव समुहले कालोमोसो दलेको छ ।
सडक निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै कार्यकक्षमै गएर विप्लव समुहका कार्यकर्ताले कार्यालय प्रमुख चौधरीलाई कालोमोसो दलेका हुन् ।

Advertisements

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सडक डिभिजन प्रमुख चौधरीलाई विप्लव समुहले कालोमोसो दलेको पुष्टि गरेका छन् । प्रजिअ रिजालका अनुसार केहीबेर अघी चौधरीलाई कालोमोसो दलिएको हो ।
उक्त घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

Advertisements

चौधरीको यहाँबाट सरुवा भएपनि उनी सरुवा भएको ठाउँमा जान समेत अटेर गर्दै आएका छन् । उनको ठाउँमा निरज शाक्यलाई खटाइएको छ । घटनास्थलबाट प्रहरीले विप्लव समुहको ब्यान र सांङ्लो बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्