चीन । सडकको मध्यभागमा अचानक पैदा भएको खाडलमा यात्रुबस खस्दा चीनमा ६ जनाको मृत्यु भएको छ। १६ जना घाइते भएका छन्। उत्तरपश्चिम चीनको शिनिङ प्रान्तमा सोमबार राती उक्त घटना भएको हो।

Advertisements

सिसिटिभी फुटेजमा, अचानक सडकको पिच फुटेर बस खसेको देखिएको छ। बस खस्दै गर्दा विस्फोटनको जस्तै ठूलो आवाज आएको थियो। बस खस्नुअघि, सडकमुनि खाडल भएजस्तो कुनै संकेत नदेखिएको एजेन्सीहरूले जनाएका छन्। समाचारका अनुसार, जमिनमुनि पानी सुक्दै जाँदा सडकको पिच जस्ताको तस्तै देखिने गरे पनि भित्रभित्रै खोक्रिँदै गएको थियो।

Advertisements

चिनियाँ समाचार एजेन्सीले सडकमा पैदा भएको उक्त खाल्डो १० मिटर गहिरो रहेको जनाएको छ। चीनमा यस्ता घटनाहरू बढ्दै गएका छन्। सरकारको ‘द्रुत विकास नीति’ पछ्याउनुपर्दा कामदारहरूले पूर्वाधार निर्माणका सबै आयाममा पर्याप्त ध्यान दिन नसक्ने भएकाले यस्ता घटना हुने गरेको आलोचकहरूको आरोप छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्