बारा । तीर्थयात्रु पुर्‍याएर फर्किएको भारतीय बसको ठक्करबाट बारामा एक पैदल यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय रामबहादुर विक छन्।

Advertisements

पूर्व-पश्चिम राजमार्गको पथलैया-हेटौंडा सडक खण्डको बाराको जितपुर सिमरा उपमहानगरपालिका-२१ आयल निगमस्थित सडकमा सोमबार साँझ भारतीय नम्बर प्लेट डब्लु बी३३ई १०५१ नम्बरको बसले ठक्कर दिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

Advertisements

दुर्घटनामा गम्भीर घाइते भएका पैदलयात्री बिकको अल्पाइन अस्पताल सिमरामा उपचार नभएपछि नारायणी अस्पताल वीरगञ्‍जमा थप उपचारका लागि लैजाने क्रममा बाटोमै विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्