दाङ । अनेरास्ववियुले ७७ वटै जिल्लाका संयोजक र सह संयोजक टुंगो लगाएको छ ।

Advertisements

त्यसैक्रममा अनेरास्ववियु दाङको संयोजक पुर्व अखिल क्रान्तिकारीलाई दिइएको छ भने सह संयोजक पुर्व अनेरास्ववियुले पाएको छ । दाङको संयोजक जंग रोका भएका छन् । उनी साबिक अखिल क्रान्तिकारी दाङका अध्यक्ष हुन् ।

Advertisements

यस्तै सह संयोजक सर्जन परियार भएका छन् । परियार साबिक अनेरास्ववियु दाङका उपाध्यक्ष हुन् । साबिक अनेरास्ववियु दाङका अध्यक्ष विरबल खड्का दुई पार्टीको एकीकरण भए पश्चात् विद्यार्थी राजनीतिमा भुमिका च्युत भएका छन् । उनलाई जिल्ला र केन्द्रीय कमिटीमा कुनै भुमिका दिइएको छैन् । खड्का सकेसम्म दाङको संयोजक ,यदि त्यसो नभए केन्द्रीय कमिटी सदस्य हुने योजनामा थिए । तर,उनलाई केन्द्रीय अनुशासन आयोगको सदस्यमा थन्क्याइएको छ । केन्द्रीय अनुशासन आयोगको सदस्य कार्यकारी पद होइन ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्