काठमाडौं, १ जेठ–श्रीमती सैनिक संघको आयोजनामा आज हुने ‘अमरपन्छी’ नाम दिइएको टुँडिखेलमा हुने कन्सर्टमा Sonakshi-Malaikaसहभागी हुन शुक्रवार  बलिउड नायिका सोनाक्षी र मलाईका अरोरा काठमाडौं आइपुगेका छन् । उनीहरुले आज आफ्नो नृत्य प्रस्तुत गर्नेछन् । आज देखाउने नृत्यको सोनाक्षीले शुक्रबार टुँडिखेलमा रिहर्सल पनि गरिन् ।

शुक्रबार राति उनले रिहर्सल गरेको भिडियो आफैले मध्यरातमा सामाजिक सञ्जाल मार्फत सेयर गरेकी छिन् । उक्त कार्यक्रममा सोनाक्षी र मलाइकासँगै नेपालका चर्चित नायिकाहरु रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मा, सुष्मा कार्कीसँगै गायिका इन्दिरा जोशीले पनि आ–आफ्नो प्रस्तुति देखाउने छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्