नेपाली सिनेक्षेत्रकी नायिका अनु शाह भन्छिन्-  म प्राकृतिक सुन्दरतामा विश्वास गर्छु । कस्मेटिक प्रसाधन प्रयोग गरेर राम्री भइन्छ भन्नेमा मलाई विश्वास छैन । मेरो सुन्दरता प्राकृतिक हो । मलाई धेरै मेकअप मन पर्दैन । घरमा बस्दा म मेकअप नै गर्दिनँ । सुटिङमा भने भूमिकाअनुसार मेकअप गर्नुपर्ने हुन्छ । मैले अहिलेसम्म अभिनय गरेका फिल्ममा एकदमै फरक मेकअप, तर इफेक्ट छैन । कुनैमा चुलबुले युवती, प्रेमिका त कुनैमा गृहिणी पनि बनेकी छु । त्यसकारण, एकदम फरक खालको गेटअप बनाउने मेकअप गर्न पाएकी छैन । मलाई गाजल र मसकारा भने निकै मन पर्छ । प्राय: गाजल छुटाउँदिनँ । घामको पोलाइबाट बच्न सनप्रोटेक्सन लोसन लगाउने गर्छु ।

नायिका अनु शाह
नायिका अनु शाह

सुुटिङमा पनि मेकअप गर्न मलाई त्यति धेरै समय लाग्दैन । कपाल बनाउन भने अलि समय लाग्छ । कस्तो ड्ेरस छ, त्यहीअनुसार मेकअप गर्नुपर्ने हुन्छ । सार्वजनिक कार्यक्रम, पार्टीमा जाँदा भने राम्रैसँग मेकअप गर्ने गर्छु । अरू वेलामा भने त्यत्तिकै हिँड्छु । कपाल कलर गर्न, थ्रेडिङ, क्लिजिङ, फेसियल गर्न ब्युटिपार्लर जाने गर्छु । कहिलेकाहीँ स्विमिङ पनि जान्छु । मलाई वेला–वेलामा कपाल रंगाउन मन पर्छ । धेरै कपाल रंगाउनाले समस्या पनि भोग्नुपरेको छ । अहिलेसम्म मेकअपका कारण एलर्जी भने भएको छैन । मेरो ब्यागमा मेकअप किट हुने गर्छ । सामान्य अवस्थामा भने आफैँ मेकअप गर्ने गरेकी छु ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्