काठमाडौं, २१ जेठ-  ड्रिम्स फिल्म पाइरेसी(चोरी)मा संलग्न दुईजनालाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको छ । DREAMS-NEPALI-FILMनेपाल प्रहरीको अपराध महाशाखाले वितरक हाइलाइट्स नेपाल प्रालि र निर्माता सुपर काजोल फिल्मको उजुरीका आधारमा रुपन्देहीका विधान गरुङ र भक्तपुरका चन्द्र लबाजुलाई पक्राउ गरेको हो ।

Advertisements

चलचित्र निर्माता र वितरक क्रमशः हाइलाइट्स र सुपर काजोलले चलचित्रको बजार व्यवस्थापन अगावै डिजिटल तथा सिडीमा चलचित्र वितरण गरिएकाले आफूहरुलाई रु एक करोड बराबर क्षति पुगेको दाबीसहित उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

पक्राउ परेका व्यक्तिबाट प्रहरीले कम्प्युटर दुईथान, मोबाइल एकथान र पेनड्राईभ एकथानसहित गुरुङ र लबाजुलाई पक्राउ गरेको हो ।

Advertisements

नेपाल चलचित्र कलाकार सङ्घलेसमेत गैरकानुनीरुपमा पूरै चलचित्र पाइरेसी हुँदा निर्मातालाई ठूलो आर्थिक घाटा हुनुको साथै समग्र नेपाली चलचित्र क्षेत्रलाई समेत असर पार्ने भन्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । रासस

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्